पाँचथर । पाँचथरमा सामाजीक र खेलकुद गतिबिधिमा सकृय पाँचथर क्लबको अध्यक्षमा पुन: निशान शिवाकोटी सर्वसम्बत निर्वाचित भएकाछन् । शिवाकोटीको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन भएको हो । बिहिबार सदरमुकाम फिदिममा क्लबको छौटौं वार्षीक साधरण सभा तथा तेस्रो अधिबेशनबाट नयाँ कार्य समिति सर्वसहमतिमा निर्वाचित भएको क्लबले जानकारी दिएको छ ।
क्लबको उपाध्यक्षहरुमा कमल तुम्रोक,महेन्द्र खड्का,ठाकुर नेम्बाङ र शिव अधिकारी निर्बाचित भएका छन् । सचिबमा योगराज सेढाई र सहसचिबमा नबिन बुढाथोकी र योगेश थापा निर्वाचित भएको क्लबले जानकारी दिएको छ ।
कोषाध्यक्षमा दिलिप चापागाई, सह कोषाध्यक्षहरुमा बाशु ढुङगेल र मदन गौतम निर्वाचित भएका छन् । हेम जबेगु,साजन नेम्बाङ,टिकाराम मौनाली,हरी पौडेल, सुन्दर थापा मगर, सुवास बाँस्कोटा सदस्य पदमा निर्वाचित भएको क्लबका सचिब योगराज सेढाईले जानकारी दिए ।
पाँचथर गोल्डकपको तेस्रो संस्करण सम्म सफलता पूर्वक सम्पन्न गरेको पाँचथर क्लबले पछिल्लो समय खेलमैदानको अभावमा उक्त प्रतियोगिताको निरन्तरता दिन नसकेको क्लबका अध्यक्ष निशान शिवाकोटीले जानकारी दिए । क्लबले फुटबल प्रतियोगिता आयोजना गर्न नसके पनि अन्य सामाजिक कार्यहरु निरन्तर गरिरहेको शिवाकोटीले बताए ।