पाँचथर । सुरक्षित आप्रवासन परियोजनाले पत्रकारहरु संगको सुरक्षित वैदेशिक रोजगारि सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङको प्रमुख आतिथ्यतामा सम्पन्न उत्त कार्यक्रम नेपाल जनउद्धार संघ पाँचथरले आयोजना गरेको हो । उत्त अन्तरक्रिया कार्यक्रममा नेपाल जनउद्धार संघ कि कार्यक्रम संयोजक क्षयोमाया तामाङले फिदिम नगरपालिका, फाल्गुनन्द, फालेलुङ र मिक्लाजुङ गाउँपालिकामा नेपाल जनउद्धार संघ पाँचथरले गरेका कामको बिवरण प्रस्तुत गरेकी हुन् । सुरक्षित आप्रवासन परियोजना इलाम र पाँचथराका कार्यक्रम अधिकृत राम कुमार कर्णले बैदेशिक रोजगारीका लागि जादा महिला या पुरुषले भोग्नु परेको सामाजिक लान्छना, सामाजिक असर र त्यस्मा मिडियाले खेल्ने भुमिकाका बारे बताएका थिए । पाँचथर, सुनसरी,भोजपुर र मोरङका महिला तथा पुरुष बैदेशिक रोजगारी गएकाको सामाजिक स्तरको बारे पाश्वचित्र देखाएका थिए । फिदिम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अम्बिका अधिकारीले स्थानिय सरकारले तत्काल सुरु गर्नुपर्ने पहलहरु,कार्यक्रम तर्जुमाका मुख्य आधार, सुरक्षित आप्रावासन कार्यबिधि तयारी र कार्यनयन सम्बधी कार्यबिधी प्रस्तुत गरेका थिए । उत्त कार्यक्रममा बोल्दै नगर प्रमुख नेम्वाङले नेपाल जनउद्धार संघ पाँचथरले प्रस्तुत गरेको कार्यबिधिमा पारदर्शी हुनुपर्ने बताएका छन् ।नेपाल जनउद्धार संघ पाँचथरका अध्यक्ष बालकृष्ण ओझाले समापन गरेका थिए । कार्यक्रममा जिल्लाका पत्रकारहरुको उलेख्य उपस्थिति थियो ।
पाँचथरमा सुरक्षित वैदेशिक रोजगारी सम्बधी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
पाँचथरमा सुरक्षित वैदेशिक रोजगारी सम्बधी एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस