पाँचथर -नेपाली काग्रेस पाँचथरको १४ अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । जिल्ला समन्वय समितिको प्राङ्गण मा भईरहेको मतदानमा चुनावी रौनक छ । उम्मेद्वारको पक्षमा बनाइएका ब्यानर, पोष्टरले मतदान क्षेत्र भरिएको छ । चर्को चर्को स्वरमा भोट माग्ने काम भईरहेका छ ।
मतदान स्थल मेला झै देखिन्छ । आईतवार उद्घाटन भएको अधिवेशनमा सुरु देखिनै चुनावी माहोल देखिन्छ । अधिवशेन चुनाव केन्द्रीत भएको भन्दै कतिपयले आलोचना गरेका छन् । भड्कीलो चुनावी प्रचार र चहलपहल देखिन्छ ।
प्यानलनै बनाएर चुनावी प्रतिस्पर्धा भएको देखिन्छ । सभापति पदमा सुरेन्द्र कुमार दाहाल र रुपनाराण जवेगुबिच कडा प्रतिस्पर्धा हुने आकलन गरीएको छ । क्षेत्रीय अधिवशेनमा क क्षेत्रमा जवेगु र ख क्षेत्रमा दाहाल पक्षका उम्मेद्वार विजयी भएसँगै निक्कै कडा प्रतिस्पर्धा हुने आकलन भएको छ ।
रातभरी चुनावी प्रचारमा र क्षेत्रीय प्रतिनिधि आफ्नो पक्षमा पार्न दुबै पक्ष कसरतमा थिए । दुवै पक्षले प्यानलनै उम्मेद्वार बनाएका छन् । दाहाललाई यस अघिका सभापति नरेन्द्र कुमार केरुङ र जवेगुलाई केन्द्रीय सदस्य भिष्मराज आङ्देम्बेको समर्थन रहेको छ । दुई उपसभापति, दुई सचिव, दुई सहसचिव सहितको कार्यसमिति निर्वाचित गर्न अधिवेशन भईरहेको छ ।
उपसभापतिमा दाहाल टिमबाट डिकेन्द्र चेम्जोङ र वृजहाङ आङदेम्बे, जवेगु टिमबाट मणिचन्द्र चेम्जोङ र समर अधिकारी प्रतिस्पर्धामा रहेका छन् । सचिवमा दाहाल पक्षबाट डेकेन्द्र कुमार तामाङ र धनराज तुम्बापो, जवेगु टिमबाट दिपक नेपाल र सुभराज थापा चुनावी प्रतिस्पर्धामा छन् । यस्तै सचिव पदमा एकराज नेम्बाङ पनि उम्मेद्वार रहेका छन् ।
सह–सचिव पदमा दाहाल टिमबाट कृष्ण फियाक र सन्तोष श्रेष्ठ र जवेगु टिमबाट गजेन्द्र राई र धनसिंह नेम्बाङ प्रतिस्पर्धामा छन् । भुगोल तथा आरक्षणका सदस्य पदहरुमा पनि चुनाव हुदै छ ।
महाधिवेशन प्रतिनिधिमा समेत ठुलो टकराव रहेको छ । जिल्ला कहलिएका काग्रेसका नेताहरु महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गर्दै छन् ।