पाँचथर– नेपाली काग्रेस पाँचथरको प्रदेश क र ख मा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । दुबै तर्फ दुईवटा प्यानल बनाएर नेताहरु चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
मिलाउने प्रयास र मिल्ने सम्भावनको कुनै गुञ्जायस नदेखिएपछि नेतृत्व चययन लागि चुनावी प्रतिस्पर्धामा पुगेको हो । नेपाली काग्रेस पाँचथरको आन्तरीक जीवनमा यो पल्टको प्रतिस्पर्धालाई निक्कै कडाको रुपमा हेर्ने गरिन्छ । क्षेत्रीय अधिवेशनको नतिजाले जिल्लाको चुनावी गणितको सामान्य खाका देखिने छ ।
शुक्रवार उद्घाटन सत्र भएको थियो । जिल्ला सभापतिका उम्मेद्वार सुरेन्द्र कुमार दाहाल र रुपानारायण जवेगु दुबै टिमको प्रतिस्पर्धा प्रदेश क्षेत्रीय अधिवेशनमा पनि देखिएको छ । अधिकाश पदमा दुईवटै टिमले उम्मेद्वार बनाएका छन् ।
प्रदेश क मा सभापति पदका लागि कुमार राई (प्रताप) र भगिश्वर योङ्हाङ विच प्रतिपस्र्धा हुदै छ । राईलाई दाहाल र योङहाङलाई जवेगुको साथ रहेको छ । उपसभापतिमा सिताराम न्यौपाने र भरकुमार खपाङ्गी सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा राई नेतृत्वको टिमबाट टेकराज योङहाङ र केशव गुरागाई तथा योङहाङ टिमबाट एससुन्दर आचार्य र सन्तोष मोक्तान प्रतिस्पर्धामा छन् । यस्तै, सह–सचिवमा राई नेतृत्वको टिमबाट रुपेन्द्र तामाङ र राजन बुढाथोकि तथा योङहाङ टिमबाट नरेन्द्र पन्थाक र सुन्दर थोक्लिाहाङ प्रतिस्पर्धामा छन् । प्रदेश प्रतिनिधि पदमा पनि रोचक भिडन्त छ ।
यस्तै प्रदेश खमा मैया श्रेष्ठ (लावती) र नगेन्द्र कुमार लामा बिच प्रतिस्पर्धा हुदै छ । श्रेष्ठ टिमलाई दाहाल र लामाटिमलाई जवेगुको साथ रहेको छ । उपसभापतिमा श्रैष्ठ टिमबाट गणेश मिश्र र तेजबहादुर चेम्जोङ, लामा टिमबाट जितबहादुर भण्डारी (जितेन्द्र) र महेन्द्र कुमार आङदेम्बे प्रतिस्पर्धामा छन् । सचिवमा भरत तुम्बापो, भक्त लावती, राजकुमार देवान र सुर्य कुमार लावती विच प्रतिस्पर्धा हुदै छ । यस्तै सह–सचिव पदमा गोपाल घिमिरे, ज्योती प्रभा भण्डारी (लुईटेल), नरेन्द्र शेर्मा र भिमप्रसाद हुमागाई बिच प्रतिस्पर्धा हुदै छ ।
दुबै क्षेत्रको नतिजा आज रातीसम्ममा आउने अनुमान लगाईएको छ ।