पाँचथर– नेकपा (एमाले)को पाँचथरको आठै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । फिदिम नगरपालीका सहित सात स्थानमा सहमतिमा अध्यक्ष चयन भएका छन् भने कुम्मायकमा निर्वाचन भएको थियो ।
फिदिमको प्रथम नगर अधिवेशन जलकुमार तामाङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै सम्पन्न भएको छ । जलकुमारको नेतृत्वमा ७५ सदसिय नगरकमीटि चयन भएको हो ।
कुम्मायकमा सहमति जुट्न नसकेपछि अध्यक्षपदमा मेघराज निरौला र पूर्ण खड्का बिच मतदान भएको थियो । निर्वाचनमा निरौला ९७ मत सहित विजयी भए भने खडकाले २३ मत प्राप्त गरेका थिए ।
हिलिहाङ गाँउपालीकामा मदन गौतम, फाल्गुनन्दमा विनोद आङदेम्बे अध्यक्षमा चयन भएका छन् । मिक्लाजुङ गाँउपालीकामा फडिन्द्र घिमिरेको अध्यक्षतामा ४८ सदसिय कमिटि बनेको छ । याङवरकको अध्यक्षमा सन्त बेघा चयन भएका छन् ।
तुम्बेवा गाउँपालीकामा डिल्लीराम बुढाथोकी, फालेलुङ गाँउपालीकामा नन्दकुमार आङ्थोपुको नेतृत्वमा कमिटि चयन भएको छ । जिल्ला अधिवेशन भने राष्ट्रिय महाधिवेशन पछि हुने केन्द्रीय सदस्य अईन्द्रसुन्दर नेम्बाङले जानकारी दिए ।