पाँचथर– विक्रम सम्बत १९८८ सालमा नेपालको समाजीक अवस्था कस्तो थियो होला ? विभिन्न अन्धविश्वास तथा असमानताको अहिले अवस्था देख्दा त्यतीखेर समाजको विश्लेषणगर्न सकिन्छ । तर महागुरु फाल्गुनन्दले विस १९८८ साल बैशाख २४ गते तत्कालिन १० लिम्बुवान १७ थुमका किरातहलाइ पाँचथरको लोब्रेकुटीमा बोलाई वृहत चुम्लुङ गरी तत्कालीन समाजका विकृतीहरुलाई सत्य धर्म मुजुल्का गराई समाजसुधारमा महत्पूर्ण योगदान पु¥याएको मानिन्छ । यहि मुजुल्कामा छोराछोरीलाई भेदभाव गर्नु नहुने उल्लेख छ ।
त्यो बेलापनि छोराछोरीबिच भेदभाव नगर्नु भनेर समाजमा फैलाउने महागुरु फाल्गुनन्दको १ सय ३७ औँ जन्म जयन्ति मनाईदै छ । विभिन्न ठाँउमा समारोह, पुँजा लगायतका विभिन्न का गर्दै उनको जन्मजन्ती मनाउन लागिएको हो । नेपालका १६ औ राष्ट्रिय विभुक्ति महागुरु फाल्गुनन्दलाई किरात धर्म दर्शनका पुनरुत्थानकर्ता, समाजसुधारक, मुन्धुमको संरक्षण कर्ता ,ध्यानी योगि तथा आध्यात्मीक अगुवाको रुपमा चिनिन्छ । पूर्व लगायका देश विदेशमा ज्ञानको प्रचार गरेका फाल्गुनन्दको जयन्तीको अवसरमा विभिन्न कार्यक्रमहरु हुदैछन् ।
पाँचथरको लाब्रेकुटि, सिलौटि लगयातका दजर्नौै ठाँउमा कार्यक्रम हुदैछन् । झापा, मोरङ, इलाम लगायका विभिन्न जिल्लामा भव्य कार्यक्रम हुदै छन् । विभिन्न समारोहमा गुरु आत्मानन्द लिङदेनको समेत उपस्थीति हुने कार्यक्रम रहेको छ छ । प्रदेश १ का विभिन्न जिल्ला, भारतको सिक्खिम, दार्जेलीङ तथा विदेशका विभिन्न ठाँउमा फाल्गुनन्दको सम्झना गरिदै छ । विसं १९४२ साल कार्तिक २५ गते इलामको माङसेबुङ गाँउपालिका–२ चुक्चीनाम्बामा जन्मिएका फाल्गुनन्दको समाजसुधारकको रुपमा परिचय स्थापित भएको छ ।
फक्तालुङ (कुम्भकमर्ण हिमश्रृखंला) लाई किरात धर्माललम्बीहरुको तिर्थभुमि र मुक्तिभुमिको रुपमा पहिचान गराएको, छरपष्टिएको साम्जीक मुन्धुमलाई संहिताकरण, किरात लिपिको प्रचार प्रसार, मन्दिरहरुको स्थापना, पहिरो रोक्ने, पानी उमार्ने जस्ता चमत्कारी काम गरेको जस्ता विश्वास गरीएको पाईन्छ ।
लोब्रेकुटिमा भएको सात बुदे मुजुल्कामा छोरी चेलीको सोत रीत खान नहुने, इश्वरको नाममा वलि पुजा गर्न नहुने, किरातहरुको धार्मीक सस्कारमा एकतरुपता ल्याउन पर्ने, मर्दापर्दा मासुको पिण्ड चढाउन नहुने, छोराछोरीलाई लैङ्गीक भेदभाव गर्न नहुने, आफ्नै भाषा लिपिमा अध्ययन गरी लिपिको जगेर्ना गर्ने जस्ता विषय रहेको एकजना अगुवा तेजबहादुर लोवाले बताए ।
नेपाल सरकारले २०६६ साल मंसीर १६ गते नेपालको सोह्रौ राष्ट्रिय विभुतिको रुपमा घोषणा गरेको थियो । २०५० सालमा उनको तश्वीर अंकित हुलाक टिकट प्रचलनमा ल्याएको पाईन्छ । फाल्गुनन्दको आजीवन ब्रह्मचारी, युमा÷नागरीको भेषभुषा र गहनामा सज्ज्ति,कम बोल्ने, मसिनिो स्वर भएको, शाहारी भोजन गर्ने, सादा जिवनको धनीको रुपमा फाल्गुनन्दको नीजि परिचय रहेको छ ।
विभिन्न ठाँउमा पहिरो रोक्ने, पानी उमार्ने, खडेरी भएको ठाउँमा पानी पार्नेजस्ता विविध चामत्कारिक तथा मानवपयोगी कार्यसमेत गरको बताईन्छ । २००५ साल चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्वुङमा उनको मृत्यु भएको थियो । उनको समाधिस्थल पाँचथरको सिलौटिमा पर्छ । विभिन्न ठाँउमा फाल्गुनन्दको शालिक राखिएको छ ।