पाँचथर– पाँचथरबाट प्रतिनिधित्व गर्ने इन्द्र बहादुर आङ्बो १ नम्बर प्रदेश सरकारमा दाश्रो पल्ट आर्थिक मामिला तथा योजना मन्त्री भएका छन् ।
नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै आङ्बो राजेन्द्र राई नेतृत्वको सरकारमा मंगलबार मन्त्री पदमा नियुक्त भएका हुन् ।
आन्तरीक सुदृढिकरण, प्रदेश सरकारका अधुरा कामलाई पुरा गर्ने र बाढि पहिरो पीडितलाई राहत तथा पुनः स्थापना पहिलो प्राथमिकतामा राखेर काम गर्ने आङ्बोले बताएका छन् ।
केन्जो खवरसँग कुरा गर्दै आङ्बोले भने ‘सार्वजनिक खर्चको मितव्ययीता सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेको छु । प्रदेशको सार्वजनिक खर्चमा मितव्ययी बनाउने, कतिपय विग्रिएको बजेटरी सिस्टमलाई सुधारमा ल्याउने काम गर्छु ।’
‘केन्द्रिय सरकारसँग समेत सहयोग लिएर अहिलेसम्म रहेका अधुरा काम, प्रदेश सरकारले अघि सारेका महत्पुर्णकामहरु र अब गर्नु पर्ने कामलाई प्रभावकारी ढङ्गवाट नतिजामूलक रुपमा अघि बढाउने तर्फ मेरो ध्यान जान्छ’ आङ्बो भने ‘१ नम्बर प्रदेशमा बाढि, पहिरोबाट ठुलो क्षती भएकाले उचित राहत तथा पुनस्थापनामा गर्ने कुरामा ध्यान जाने छ ।’
उर्जाशिल उमेरमै दोश्रो पल्ट मन्त्री हुने अवसर पाएका आङ्बो माओवादी केन्द्रको १ नम्बर प्रदेशका ससदिय दलका नेता समेत हुन् । २०७४ सालमा भएको प्रदेश सभा सदस्य निर्वाचन पाँचथर क्षेत्र न. २ बाट उनी निर्वाचित भएका थिए ।
जनमुक्ति सेनाको कमाण्डर हुदैँ दोश्रो पल्टमन्त्री हुन पाएका छन् । एउटै मन्त्रालयमा दोहोरीन पाएका भाग्यग्यमानी मन्त्री भएका छन् । उनको पाँचथरको निर्वाचन क्षेत्र न. १ को फिदिम नगरपालिकको नागिनमा उनको जन्म भएको थियो ।
भुमिगतकालदेखिनै उनी पार्टीमा लागेका थिए । जनमुक्ति सेनामा नेतृत्वको भुमिका समेत निर्भाह गरेका उनले २०५६ सालमा अनेरास्वीयू क्रान्तिकारीमा संगठनमा काम गरेका थिए । । २०५७ सालमा विद्यार्थीको जिल्ला सचिव भए । २०५९ सालमा पार्टीको जिल्ला सचिव भए ।
त्यतिवेला सचिव जिल्लाको प्रमुख हुने प्रणाली थियो । २०६० सालमा जनमुक्ति सेनाको वटालियन कमाण्डर बने ।
२०६२÷०६३ सालमा बिग्रेट कमाण्डार भए । २०६२ सालमा वाईसिएलको संस्थापक केन्द्रीय सचिवालय सदस्य भए । २०६५ सालमा पार्टीको लिम्बुवान राज्य समितिको सह–सचिव भएका थिए । २०६७ सालमा पार्टीको केन्द्रीय सदस्य सदस्यको रुपमा रहेका छन् ।
२०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि शेरधन राई नेतृत्वको सरकारमा पहिलो पल्ट आर्थिक मामिला तथा योजना मन्त्री भएका थिए ।