पाँचथर । आइतबार दिउसो पहिरै पहिरोले घेरेको घरको अाँगानमा ३ वर्षको नाती खेलाउदै मिक्लाजुङ १ कि मनरुपा नेपाली टोलाउदै थिइन् । हामी उनको घरमा पुगेर नमस्ते गरे पछि मलिन अनुहारमा नमस्ते फर्काउदै बस्न आग्रह गरीन ।
६२ वर्षिय मनरुपा नेपालीले कार्तिक २ गतेको बेमैसी वर्षाका कारण पहिरो जाँदा उनको काइलो छोरा सन्तोष नेपाललीलाई गुमाउनु परेको थियो । मनरुपा नेपाली उनै हुन जसले २६ वर्ष पहिला पनि पहिरोकै कारण आफ्नो साइलो छोरा, बहिनी, बहिनीका दुई जना छोरा र मामा गुमाउनु परेको थियो । सन्तोषको ३ वर्षिय छोरा र ७ छोरी रहेका छन् ।
“पापि पहिरोले पहिला पनि साइलो छोरा लग्यो, अहिले काइलो छोरा पनि लग्यो मेरो भाग्यनै यस्तो रहेछ ।” मनरुपालले उनको पिडा हामीलाई सुनाइ् । उनि मृतक सन्तोषको ३ वर्षीय छोरा हेर्दै घरी टोलाउदै, घरी भावुक हुदै बोली रहेकी थिइन् । पहिरोले सन्तोषको घर पु्णर् क्षति भएको छ । बस्न मिल्दैन । सन्तोषको परिवार अहिले मुलघरमै आश्रय लिइरहेको उनले बताइन । सन्तोष २ गतेको वर्षाले घरमा भेल न पसोस भनेर भेल कटाउदै गर्दा घरमाथीबाट झरेको पहिरोमा परेका थिए ।
“घरवरी परी पहिरै पहिरो छ, फेरी लान्छ की भन्दै रात कटाउदै छौं, दुई भाई छोरा त लगी हाल्यो अब बाचेकाहरु सुरक्षीत ठाउँमा बस्न पाए हुन्थ्यो ।” मनरुपाले भनिन । “सन्तोषको मुत्यु भएको १३ दिन भयो , अस्ती हेर्न आएको बाहेक कोहि आएको छैन् । खैइ सरकारले राहात दिन्छ रे भन्ने चाही सुनेको छु पाइएलाकी ?” मनरुपाले सुनाइन । “पहिला ५२ सालको पहिरोमा आफ्नो साइलो छोरा गुमादा सरकारले नगद सात हजार र त्रिपाल दिएको थियो अहिले त केहि पाएको छैन् ।”
मनरुपाको ५ जना छोराहरु मध्ये २ जनाको पहिरोमै परेर मुत्यु भई सक्यो । साइलो छोराको २०५२ सालमा पहिरोमा परेर मुत्यु भएको थियो । काइलो छोरा सन्तोषको यस पटक मुत्यु भयो ।
मनरुपाको गाउँ मिक्लाजुङ १ अठभैयाको डाँडा गाउँ पहिरोको उच्च जोखिम भएको क्षेत्र हो । यहाँ मनरुपा मात्र होइन ९ घर रहेको दलित बस्तीनै उच्च जोखीममा रहेको छ । चारै तिर पहिरो गएको छ । धेरै घरहरु पहिरोमा झुन्डीएका छन् । कुनबेला घर पहिरोमा पर्ने हो डराउदै यहाँका मानिसहरु बस्ने गरेको मनरुपा बताउछिन् ।