रवि (पाँँचथर)– बेमौसमी झरीका कारण पाँचथरमा पहिरो र बाढिले ठुलो क्षती पु¥यायो । सबैभन्दा ठुलो क्षती पु¥याएको दक्षिणी मिक्लाजुङ गाँउपालीका क्षतीको विवरण संकलन भईसकेको छैन् । कति परिवार पूर्ण रुपले विस्थापित भए भन्ने कुराको समेत यकिन हुन सकेको छैन् । समग्र क्षतीको विवरण आउन अझै केहि दिन लाग्ने बताइएको छ ।
कार्तिकको सुरुवातमै भएको झरीले ठुलो क्षती पु¥याउदा विवरण संकलनमा समय लागेको देखिन्छ ।
‘पहिरोले यति ठुलो क्षती पु¥याएको छ कि, अहिले विवरण संकलन गर्नै सकिएको अवस्था छैन् । जताततै बाटो विग्रिएको छ । कति विस्थापित छन् भने यकिन तथ्याङ्क संकलन भईसकेको छैन्’ गाँउपालीका अध्यक्ष अमर माखिमले भने ‘सडक, विजुली, खानेपानी, पुल, सिचाई, कृषि लगायतका क्षेत्रमा नराम्ररी क्षती पुगेको छ । मिक्लाजुङ गाँउपालीकालाई पहिरोले तहसनहस बनाएको छ ।’
मखिमले भनेझै मिक्लाजुङका विभिन्न गाँउहरुमा पहिरो खसेको देखिन्छ । कतिपय परिवार विस्थापित छन् । यो गाँउपालीकामा पहिरोका कारण २२ जनाको मृत्यु भएको छ भने ३ जना अझै वेपत्ता भएका छन् ।
राँकेदेखि चिसापानी पञ्चमीसम्म र दमक–रवि सडक खुलेपनि अन्य सडक अवरुद्ध छन् । ग्रामिण क्षेत्र जोड्ने सडक बन्न त अझै समय लाग्ने छ । यहाँ रहेका लद्युजलविद्युत आयोजना बगाएको भने खानेपानीका मुहान बगाउदा स्थानीलाई सास्ती छ । रवि बजारसम्म विजुली सूचारु भएपनि अन्यत्र हुन सकिरहेको छैन् ।
क्षतीको पूर्ण विवरण आउन अझै समय लाग्ने देखिएको अध्यक्ष माखिमले बताए । जनप्रतिनिधि, प्रहरी तथा स्थानीय अगुवाहरु खटिरहेको बताइएको छ । क्षतीको विवरण नआउदा राहतका लागि पनि समस्या देखिएको छ ।
अनेकन ठाँउमा पहिरो गएको छ । धान खेती हुने फाँट बगर बनेका छन् । कृषि उत्पादन, पर्यटनको हिसाबले पनि यो ठाँउ महत्पूर्ण भएपनि ठुलो क्षती पुगेको देखिन्छ । ‘मानविय क्षतीसँगै कृषि, सिचाई लगायतका क्षेत्रमा पनि ठुलो क्षती पुगेको छ’ रवि उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश ढकाल भन्छन् ‘पुनः निर्माणका लागि ठुलो बजेट आवश्य देखिन्छ ।’
स्थानीय सरकारलेमात्र पूनः निर्माण गर्न सक्ने अवस्था नभएकाले संघ तथा प्रदेश सरकाले विशेष प्याकेज ल्याउने पर्ने आवश्यता रहेको अध्यक्ष माखिमले बताए ।
विस्थापितलाई गाँउपालीका, वार्डाले व्यवस्थापन गरिरहेका छन् । मृतक तथा विस्थापितलाई सरकारी राहत पुग्न सकेको छैन् । अहिले विस्थापित र अन्य क्षतीको विवरण संकलन भईरहेको मिक्लाजुङ–२ का वार्ड अध्यक्ष सन्तोष सेर्माले बताए ।
मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु भएको छ । मिक्लाजुङ–७, १, २ र ४ मा मृत्युका घटना भएका थिए ।