पाँचथर । गत साता हावाहुरीसँगै आएको परेको अविरल वर्षाले मिक्लाजुङ गाउँपालिकामा धेरै जनधनको क्षति भयो । २२ जनाको मुत्यु भयो ३ जन अझै बेपत्ता छन् । उनिहरुको खोजि भई रहेको छ । मिक्लाजुङमा कति क्षति भयो यसको एकिन बिबरण आएको छैन् ।
मिक्लाजुङ ३ बाजोघरामा नावाखोलामा बाढी आउदाँ यहाँ लगाइएको लगाइएको धानबालीमा क्षति गरेको छ । खेतहरु बगर भएका छन् । यहाँ लगाइएको धान खेतीमा कति क्षति भयो यसको बिबरण आउन बाँकी नै छ । बाजागरा मिक्लाजुङ गाउँपालिकाकै सबै भन्दा धेरै धान उत्पादन हुने स्थान हो ।
प्राय खेत बगाएको छ । नबगाएको खेतमा पनि हावाहुरीले पाक्न लागेको धान लडाएको छ भने त्यसमाथि खेतका गरामा डुबान हुँदा क्षति भएको कृषकहरुले बताएका छन् ।
फूल खेल्दै गरेका धान हावाले लडाउँदा र खोलाले बगाउदा थप क्षति भएको उनीहरुको भनाइ छ । पाँचथरमा यो वर्ष ९ हजार २ सय हेक्टर क्षेत्रमा धान रोपाइँ भएको थियो ।