पाँचथर– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाली कांग्रेसको महाधिवेशन चाडैँ हुने बताएका छन् । अधिवेशन पछिहुने, पछि सर्ने भन्ने नभएको उनले बताए हुन् ।
पहिरो पीडितलाई भेट्न आएका देउवाले पाँचथर र इलामका नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हन् ।
‘अधिवेशन पछि हुन्छ, सर्छ भन्ने कुरा होईन अधिवेशन हुन्छ हुन्छ’ देउवाले भने ‘निर्वाचन समिति बनाएका छौँ, काम अघि बढेको छ । क्रिशासिलयको समस्या समितिले समाधन गर्छ । तपाईहरु मिलेर अधिवेशनमा लाग्नुस् ।’
अधिवशेनमा राम्रो हिसाबले प्रतिस्पर्धा गर्न उनले आग्रह गरे । सबैबापर्टीसँग मिलेर काम गर्न कार्यकर्तालाई उनको निर्देशन थियो । देउवा आउने खवरले इलाम र पाँचथरका कांग्रेस कार्यकर्ता ठुलो संख्यामा राकेँमा भेला भएका थिए ।