पाँचथर । पाँचथरमा मंगलवार राती र वुधवार विहान गएको पहिरोका कारण मृत्यु हुनेको संख्या ३० पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । बिहिबार पाँचथरका विभिन्न ठाँउमा २८ जनाको शव फेला परेको थियाे। शुक्रबार २ जनाकाे शंव फेला परे संगै पाँचथरमा पहिराेबाट मुत्यु हुनेकाे संख्या ३० पुगेकाे हाे । पाँचथरमा पहिराेकाे कारण ४ जना बेपत्ता भएका छन् । अाज दुई जनाकाे शव भेटिए संगै बेपता संख्या ४ मा झरेकाे हाे ।
शुक्रबार फाल्गुनन्द गाउँपालिका–४ का ८ वर्षीय मिक्तोक चेम्जोङ र फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगरको शव पहिरोले पुरिएको अवस्थामा भेटिएसँगै मृतकको संख्या ३० पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । सम्पदा संगै बेपता भएका एक ब्यक्ति भने अझै बेपता रहेका छन् । उनकाे खाेजि भईरहेकाे प्रहरीले बताएकाे छ ।