पाँचथर– पाँचथरमा मंगलवार राती र वुधवार विहान गएको पहिरोका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका इक्सपेक्ट डम्बर विश्वकर्माका अनुसार विभिन्न ठाँउमा २८ जनाको शव फेला परेको छ । त्यसैगरी ६ जना बेपत्ता भएका छन् ।
मिक्लाजुङ गाँउपालीकामा २२ जनाको मृत्यु भएको छ । यस्तै फाल्गुनन्द गाँउपालीकामा ३, फिदिम नगरपालीकामा २ र कुम्मायक गाँउपालीकामा १ जनाको मृत्यु भएको छ । मिक्लाजुङ गाँउपालीका–५ मा १५ जनाको मृत्यु भएको छ । इक्सपेक्टर विश्वकर्माका अनुसार मिक्लाजुङ गाँउपालीकामा ३, फिदिममा २ र फाल्गुनन्द गाँउपालीमा १ जना पहिरोमा परि बेपत्ता भएका छन् । मिक्लाजुङका ४ जनालाई हेलिकप्टरबाट उद्वार गरी उपचारका लागि धरान पु¥याइएको छ ।
मिक्लाजुङ गाँउपालीकामा उपचार गर्न गएका दुई जना सहित तीन जना बेपत्ता भएका छन् । यस्तै फिदिमको शिवाबाट फिदिम तर्फ मोटरसाईलमा आएका काका भतिजीपनि बेपत्ता भएका छन् ।
पहिरोमा परी मृत्यु भएकाको पोष्ट मार्टम नगरी दाहासस्कार गर्ने निर्णय भएको थियो । पाँचथर प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ढकालका अनुसार भौगोलिक विकटता, प्रतिकुल मौसमका कारण अस्पताल ल्याउन समस्या भएकाले मुजुल्का गरि सदगत गर्ने प्रवन्ध गरीएको हो ।
पहिरोमा परि विस्तापित भएका को संख्या यकिन हुन सकिरहेको छैन् । टेलिफोन, इन्टरनेट सुचारु हुन नसक्दा थप समस्या भएको छ ।