पाँचथर– बर्षाका कारण पाँचथरमा विभिन्न ठाँउमा गएको पहिरोका कारण ७ जनाको मृत्यु भएको र २ जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी इक्सपेक्टर डम्बर विश्वकर्माले जानकारी दिए ।
विभिन्न ठाँउमा पहिरो घर पुर्दा तथा बगाउदा मृत्युका घटना भएका हुन् । पहिरोका कारण दजर्नौ परिवार विस्तापित भएका छन् । टेलीफोन अवरुद्ध भएका कारण विभिन्न ठाँउमा भएको क्षतीको विवरण आउन सकेको छ्रैन् ।
मेची राजमार्गका विभिन्न ठाँउमा अवरुद्ध छ । मेची राजमार्ग खुलाउन अझै केहि समय लाग्ने देखिएको छ ।
फिदिम–४ मा ममता मगर र रोयन मगरको पहिरोले पुरीएर मृत्यु भएको छ । कुम्मायकको माङ्जावुङकाी ४० बर्षिय डम्बर कुमारी शेर्मा, मिक्लाजुङ ४ का ६५ बर्षिय धन बहादुर लावती, फाल्गुनन्द गाँउपालीकाका बर्ष २८ का फुर्वा तामाङको पहिरोले पुरीएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस्तै मिक्लाजुङ–५ मा एकजनाको मृत्यु भएको छ । फाल्गुनन्द ४ पनि थप एक जनाको मृत्यु भएको प्रहरी जनाएको छ । उनको सनाखत हुन सकेको छैन् । मिक्लाजुङ–४ र फाल्गुनन्द १ मा दुई जना बेपत्ता छन् ।
मेची राजमार्ग, पुष्पलाल मध्यपहाडी लोकमार्ग लगायका सडक अरुद्ध छन् । विद्युत, टेलिफोन, इन्टरनेट सेवा अवरुद्ध हुँदा समस्या भएको छ । अहिले पानी रोकिए पनि मौसम धुम्मा रहकोे छ ।
पाँचथरमा अपेडट ः ७ जनाको मृत्यु, दुई बेपत्ता
पाँचथरमा अपेडट ः ७ जनाको मृत्यु, दुई बेपत्ता

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस