पाँचथर । मेची राजमार्गभएर इलामबाट पाँचथर टेक्दै गर्दा राँके बजार भेटिन्छ । लेकको यो बजारमा धेरैजसो कुहिरोमा रुपलिन्छ । पाँचथर प्रवेश गर्ने बेलामा रहेको स्वागत गेटको आसपासदेखि सडक छेउमा सजाईएका कृषि उत्पादन भेटिन्छन् । स्थानीय स्तरमा उत्पादन भएका कृषि जन्य, दुधजन्य उत्पादन तथा फलफूल सजिकएका हुन्छन् । कोशेलीको रुपमा लैजानका निम्ती प्रस्सत स्थानीय उत्पादन विक्रि भईरहेको देखिन्छ ।
राँके बजारको विशेषता स्थानीय उत्पादन भएको छ । पाँचथर र इलामको सिमाना पर्ने तथा पाँचथर र इलामका विभिन्न गाँउ जाने सडक छुटिने यो ठाँउमा चहलपल देखिन्छ । यहाँको ध्यू, छुर्पि, ललिपप निक्कै चर्चित छ । अकबरे खुसार्नी सजाएर राखेको देखिन्छ । यसका साथै सिजन अनुसारका उत्पादनहरु विक्रि गर्नकालागि व्यवसायी बसेका छन् । राँकेमा स्थानीय उत्पादनको राम्रो कारोबार भएकाले नजिकका किसानहरुले उत्पादन विक्रिमाम समस्या छैन् । सिजन अनुसारका तरकारी, किवि, सुन्तला लगायतका फलफूल, दाल लगायतका उत्पादन यहाँ पाईन्छ ।
कोरोनाका कराण भएको लकडाउन खुलेपछि गाडीको चहलपलह बढेको छ । यसको प्रभाव यहाँको स्थानीय उत्पादनमा देखिन्छ । स्थानीय उत्पादनले एकातर्फ राँके बजारको पहिचान दिएको छ भने अर्को तर्फ स्थानीय उत्पादनले बजार पाएको छ । ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथीभारा देविको दर्शन गर्ने उल्लेख्य सख्यामा यहि ठाँउ हुदै जाने भएकाले पनि यो बजारमा चहलपहल बढि हुने गर्छ ।
यहाँको कोशेली विभिन्न ठाँउमा पुग्ने गरेकोछ । स्थानीय उत्पादनलाई बजारीकरणमा यो बजारको व्यापारले सहयोग पु¥याएको देखिन्छ ।