पाँचथर– केहि समय अगाडी पार्टी एकता भएको राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) पाँचथरमा आन्तरीक विवाद चर्किदै गएको छ । राप्रपा र राप्रपा (संयुक्त) विच एकता भएपछि जिल्लाको समायोजन भएपछि विवाद चर्किएको छ ।
यस अघि राप्रपाका जगत थापालाई अध्यक्ष र राप्रपा प्रजातान्त्रीकका राजकुमार जोशि हुने गरी जिल्ला समायोजन गरिएपनि आन्तरीक विवाद चर्किदै गएको छ । दुवै पक्षले वार्ड तथा पालिका स्तरीय अधिवेशन तोकेका छन् ।
मंगलवार पत्रकार सम्मेलन गर्दै अध्यक्ष जगत थाापाले विज्ञप्ती जारी गर्दै विहावारदेखि १६ गतेसम्म विभिन्न तहको अधिवेशनगर्ने जानकारी थिए । उक्त पत्रकार सम्मेलनमा तत्कालिन राप्रपाका नेताहरुमात्र उपस्थित थिए । त्यसको भोली पल्ट अर्को समुहले पत्रकारसम्मेलन गर्दै सह–अध्यक्षलाई समेत जानकारी नगराई एकपक्षिय रुपममा बैठक बसाई निर्वाचन कार्यातालिका सार्वजनिक गरेको जनाएको छ । सह–अध्यक्ष जोशीले विज्ञप्ती जारी गर्दै निर्वाचन समितिनै गठन नभएको दाबि गरेका छन् । तर उक्त समुहले पनि १५ गतेभित्रनै वार्ड, पालिकाको अधिवेशन सक्ने गरी तल्लो तहसम्म तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी दिएकाे छ ।
२० गतेभित्र सबै जिल्लाको अधिवेशन सक्ने नीति रहेको छ । अध्यक्ष थापा पक्षले वहुमत कार्यसमितिले निर्णय गरी अधिवशेनको प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । उता जोशि पक्षले एकपक्षिय रुपमा निर्णय गरेको भन्दै एकताको भावना नदेखिएको आरोप लगाएको छ ।
हालै जिल्ला समिति समायोजन गरीएपनि आन्तरीक विवाद चुलीदै गएको छ । दुबै पक्षले वार्ड, पालिका, प्रदेश क्षेत्रको अधिवेशनको काम अघि बढाएको जानकारी दिएको छ । दुबै पक्षले छुट्टा छुट्टै समयमा गरेको पत्रकार सम्मेलनमा एकले अर्कालाई आरोप लगाएको देखिन्छ ।