नेपाली कांग्रेसले गाउँपालिका र नगरपालिकाको अधिवेशन यही असोज ९ गते गर्ने भएको छ।
वडा अधिवेशन सकिएका जिल्लाहरूमा असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको हो। प्रवक्ता विश्वप्रकाश शर्माले पूर्वनिर्धारित कार्यतालिकाअनुसार असोज ९ मै पालिका अधिवेशन गर्ने निर्णय भएको जानकारी दिए।
कांग्रेस पदाधिकारी बैठक आज अपरान्ह संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको थियो।
वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा भने निर्वाचन समितिले कहिले अधिवेशन गर्ने भन्ने टुंगो लगाउनेछ।
क्रियाशील विवाद पनि असोज ९ भित्रै सक्ने प्रवक्ता शर्मा बताउँछन्।