पाँचथर–नेपाली कांग्रेसको १४ औँ अधिवेशनले काग्रेसका नेता कार्यकर्तामा चासो र चर्चाको विषय बनेको छ । नेपाली काग्रेस पाँचथरको अधिवेशनको रौनक निक्कै देखिएको छ । आन्तरी र बाह्य रुपमा अनेकन अनुमान र विश्लेषण हुन थालेको छ । उम्मेद्वारका आकाक्षीहरु सहितको टोली गाँउ गाँउमा पुगेर आफ्नो पक्षमा क्षेत्रीय प्रतिनिधि पार्ने दौडमा छन् । नेपाली काग्रेसको आन्तरीक जीवनमा भएको यसप्रकारको रस्साकस्सी हेर्न लायकमात्र छैन भविष्यका अनेकन अनुमान, आशंका पनिसँगै जोडिएका छन् ।
टिमनै बनाएर माहोल आफ्नो पक्षमा पार्ने प्रयास भएको देखिन्छ । ९ गतेदेखि सुरु हुने पालीका, प्रदेश क्षेत्रीय समिति र जिल्ला समितिको अधिवेशनका लागि यतिखेर चहलपहल बढेको देखिएको छ । फिदिम नगरपालीका सहित केहि स्थानीय तहमानै चुनाव हुने सम्भावना देखिएको छ । प्रतिनिधिहरु नेतृत्व चयन गर्न आतुर देखिएका छन् भने नेताहरु अधिवेशन आफ्नो पक्षमा पार्न दौड धुप गरिरहेका छन् ।
जिल्ला सभापतिका लागि सुरेन्द्र दाहाल र रुपनाराण जवेगुबिच प्रतिस्पर्धा हुने देखिन्छ । अहिलेसम्मको परिस्थीतिलाई हेर्दा चुनावबाटमात्र नेतृत्व चयन हुने देखिन्छ । दाहाललाई हालका जिल्ला सभापति नरेन्द्र कुमार केरुङ र जवेगुलाई केन्द्रीय सदस्य भिष्मराज आङदेम्बेको साथ रहेको छ ।
पाँचथरमा १४ औँ महाधिबेशनबाट सहमतीको नेतृत्व नआउने लगभग पक्का भएको छ । जिल्ला अधिबेशनको मिति नजिकिदै नेताहरुले नेतृत्व आफ्नो पक्षमा पार्न जिल्ला दौडाहा गरिरहेका छन् ।
दुबै पक्षले जित्ने दावि गरीरहेको छ । दाहाल महासमिति सदस्य हुन भने जवेगु जिल्ला सचिव हुन् । दाहालल १२ र १३ औँ अधिवेशनमा सभापतिका आकाक्षी थिए । १३ अधिवेशनमा चुनामा पराजित भएका थिए । रोचक यो छ कि १३ औँ महाधिवेशनमा जवेगु दाहाल टिमबाट सचिव पदका लागि चुनावमा प्रतिस्पर्धा गरी विजयी भएका थिए । जवेगु १२ जिल्ला अधिवेशनमा सदस्यमा निर्वाचित भएका थिए ।
जिल्ला अधिवेशमा असोज–१५ गतेबाट सुरु हुनेछ । अधिवेशन पटक पटक सर्दै गएकाले काग्रेसको आन्तरीक प्रतिष्पर्धा निक्कै पेचीलो बन्दै गएको छ । अधिवशेन सर्दै जादा खर्च बढ्दै जाने अवस्था पनि देखिएको छ । जवेगुटिमको पदाधिकारीको नाम सावर्जनिक भईसकेको छ । दाहाल टिमको भने बाँकि छ ।
अनुभव र योगदानका आधारमा पाँचथर काँग्रेसलाई उचाइमा पु¥याउन नेतृत्व गर्न लागेको दाहालको भनाई रहेको छ । पार्टीमा युवापुस्तालाई क्रियाशिल गर्न र अग्रजलाई सम्मान गर्नका लागि सभापतिको उम्मेद्धार बनेको अर्का आकांक्षी जवेगुको भनाई छ ।