वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य पछिल्लो समय अभिनयको अलवा गायनमा पनि सक्रिय छन् । उनको स्वर र अभिनयमा रहेको गीत ‘माछीलाई खोलीको लेउ’ अहिले चर्चामा छ ।
अहिले भने आचार्यको स्वर रहेको अर्काे गीत ‘ए कालु भेना’ सार्वजनिक भएको छ । गीतमा उनलाई गायनमा गायिका मिलन नेवारले साथ दिएकी छन् । हरिवंशकै शब्द तथा संगीत रहेको गीतमा किरण तुलाधरको एरेन्ज छ ।
गीतको आकर्षक भिडियो समेत बनको छ । जसको निर्देशन गम्भीर विष्टले गरेका हुन् । भिडियोमा हरिवंश आचार्य, नाजिर हुसेन, आँचल शर्मा र आर्यन खरेलको अभिनय देख्न सकिन्छ ।
गाउँघरको परिवेश र त्यहाँको माहोल देखाउन खोजिएको भिडियोमा कोरियोग्राफी समेत गम्भिरको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियो भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । गज्जब टिभीको प्रस्तुति रहेको गीतको भिडियो गज्जब टिभीको अफिसियल युट्युवबाट सार्वजनिक भएको हो ।
https://youtu.be/2W-u_FftQWg