पाँचथर– पाँचथर जिल्ला अस्पतालबाट ल्याब, फर्मेसी सहितका चारवटा सेवा २४ घण्टानै दिईने भएको छ । भदौँ–१ गते (भोली) देखि रगत जाँच, एक्सरे सेवा, फर्मेसी तथा काउन्टर २४ घण्टानै सञ्चालन गरीने भएको हो ।
अस्पताल व्यवस्थापन समितिले यस्तो निर्णय गरेको थियो । भोलीदेखि चारवटा सुविधा २४ घण्टानै सञ्चालन हुने जनस्वास्थ्य निरिक्षक उमेश शाहाले जानकारी दिए । यस अघि यि सेवाहरु १२ घण्टामात्र सञ्चालीत थिए । रातीको समयमा यि सेवा सञ्चालन हुदैनन् थिए ।
अस्पतालमा सुविधा बढाउने हिसाबले यस प्रकारको निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्य समितिका प्रमुख विष्णु सापकोटाले जानकारी दिए । उनका अनुसार स्वास्थ्य विमा कार्यक्रमलाई व्यवस्थीत गर्दै यि सुविधाहरु थपिएका हुन् । यसका लागि ल्याबटेक्निसियन, रेडियोग्राफर सहित आठ जनशक्ति थप गरिएको छ ।