पाँचथर । करिब ४ वर्ष अगाडी एसियाली विकास बैँकको ४ करोड ५० लाख रुपैँयाको आर्थिक सहयोगमा मिक्लाजुङ २ सप्तमी बजारमा हावाबाट बिजुली उत्पादन गरि बिद्युत निकालीएको थियो । उक्त आयोजना बाट सप्तमी बजारका ११० घरधुरी लाभान्वित भएका थिए । सप्तमी बजारमा रहेको नर्थ नेपाल टि स्टेटको चिया प्रशोधन केन्द्र र चिज उत्पादन केन्द्रलाइृ समेत फाइदा पुगेको थियो ।
तर उक्त आयोजना अहिले खास प्रभावकारी नभएको स्थानियहरु बताउछन् । उक्त आयोजनाको एउटा टरवाइन( पङखा) करिब एक वर्ष अगाडीबाट बिग्रीदा राम्रो संग बिद्युत उत्पादन हुन छाडेको मिक्लाजुङ २ का वडाध्यक्ष सन्तकुमार शेर्माले जानकारी दिए ।
उक्त आयोजन सौर्यबाट ५० र वायुबाट २० गरी ७० किलोवाट विद्युत उत्पादन हुँदै आएको थियो । एउटा टरवाइन( पङखा) बिग्रीएको र अहिले बर्खाको समयमा हुस्सु मात्र लागेर सोलार चार्ज हुन नपाउदाँ बिद्युत उत्पादन हुन नसकेको शेर्माले बताए ।
उक्त योजना एसियाली विकास बैँकको ४ करोड ५० लाख रुपैँयाको आर्थिक सहयोगमा र कुल लागतको १० प्रतिशत स्थानीय उपभोक्ता हरुबाट जम्मा गरी बिद्युत उत्पादन गरिएको थियो ।
यो आयोजना टपसन इनर्र्जी काठमाडौँ र कृष्ण ग्रिल कम्पनी जेभी वीराटनगरले मार्फत सम्पन्न भएको थियो । सम्झौता अनुसार निर्माण सम्पन्न भएको ३ वर्ष सम्म निर्माण कम्पनीले मर्मत गर्ने सहमती भएको शेर्माले जानकारी दिए । निर्माण सम्पन्न भए पछि एक पटक टरवाइन( पङखा) बिग्रिएका उक्त कम्पनी आएर मर्मत गरीदिएको शेर्माले बताए । पुन टरवाइन( पङखा) बिग्रिएको मर्मतको लागी टपसन इनर्र्जी काठमाडौँ र कृष्ण ग्रिल कम्पनी लाई पटक पटक खबर गर्दा समेत मर्मत गर्न प्रबिधिक टोली नपठाएको शेर्माले जानकारी दिए ।
प्रभावकारी भएन हावाबाट निकालीएको बिजुली
प्रभावकारी भएन हावाबाट निकालीएको बिजुली

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस