फिदिम । पाँचथरमा लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । बिहिवार पाँचथरमा ३४८ जनाको एन्टिजेन परिक्षण गर्दा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ३ हजार ६ सय ५५ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये २ हजार ९ सय ६८ जना निको भएका छन ।
२९ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १७ जना एचडयिुमा उपचारत रहेको र छ सय २२ जना होम आइसुलेसनमा बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । बिहविार कोरोना संक्रमणको कारण पाँचथरमा एक जनाको मृत्यु भएको जिल्ला प्रसाशन कार्यालय पाँचथरले जनाएको छ
पाँचथरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
पाँचथरमा बिहिवार ७२ जनामा कोरोना संक्रमण,एक जनाको मृत्यु
पाँचथरमा बिहिवार ७२ जनामा कोरोना संक्रमण,एक जनाको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस