पाँचथर– काठमाण्डौँ भेला गरेका नेपाल कांग्रेसका संस्थापन इतरका जिल्ला सभापतिहरुले बैधानिकता सुनिश्चित हुने गरी महाधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका छन् । सोमवार र मंगलबार भएको भेलाबाट उनीहरुले बैधाकिता सुरक्षीत हुने गरी १४ महाधिवेशन गर्नका साथै केन्द्रीय नेतृत्वलाई पाँच बुदेँ सुझाव दिएको नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्रकुमार केरुङले जानकारी दिए ।
सभापतिहरुको भेला पछि जारी भएको प्रेस विज्ञप्तिमा क्रियाशिल सदस्यतालाई पारदर्शि तथा न्यान्यपूर्ण नबनाए पार्टीको हितलाई सर्वोपरि ठानी कडा कदम चाल्ने चेतावनी समेत दिइएको छ । सभापतिहरुले नविकरण तथा नयाँ क्रियाशिल सदस्यको विवरण तत्काल सार्वजनिक गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले महाधिवेशन नगर्न कानुनी परामर्श गरेको, क्रियाशील सदस्य विवाद समाधान नगरेको साथै निर्वाचन आयोगमा आफ्नो प्रभाव देखाएर पर धकेल्ने प्रयास गरेको निष्कर्ष भेलाले निकालेको बताइएको छ ।
भेलामा सहभागीहरुलाई सम्बोधन गर्न नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरु प्रकाशमान सिंह, रामशरण महत, सुजाता कोइराला, शेखर कोइराला होटल पुगेका थिए।
जिल्लाबाट तहगत सिफारीस भएर आएका क्रियाशिल सदस्यहरुलाईमात्र मान्यता दिन विज्ञप्ती मार्फत आग्रह गरीएको छ । बाढिपीडितलाई राहत उपलब्ध गराउन, सुकुबासि समस्या समधान गर्न प्रभावकारी कदम चाल्न तथा भष्ट्रचारका काण्ड छानविन गर्न सभापतिहरुले विज्ञप्तीमार्फत अनुरोध गरेका छन् । साथै सभापतिहरुले महाधिवेशनलाई भव्य महोत्सवका रुपमा सम्पन्न गर्न आग्रह गरेका छन् ।
भेलामा ३८ जिल्ला सभापतिहरु सशरिर र १२ जना भर्जुअल माध्यमबाट सहभागि भएको सभापति केरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस