पहिलाे डाेज काेभीड सिल्ड खाेप लगाएर दाेश्राे डाेज नपाएकाहरूलाइ सरकारले साउन २५ देखि खाेप दिने भएकाे छ । पाँचथरमा दाेश्राे डाेज लगाउन १३ हजार ४४ जनालार्इ बाँकि रहेकाे छ ।
देशभर दाेश्राे डाेज खाेप लगाइने भएकाे हाे । खोप शाखाका प्रमुख डा. झलक गौतमले १३ लाख ६८ हजार मानिस कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाले ती मानिसहरूलाई साउन २५ गतेदेखि दोस्रो डोज दिन सुरू गरिने जनाए।
शुक्रबार भुटानले २ लाख ३० हजार ‘एस्ट्राजेनेका’ को खोप नेपाललाई दिएसँगै दोस्रो डोजको पर्खाइमा रहेकाहरूलाई खोप दिन लागिएको हो। साथै भोलि र पर्सि गरेर जापानबाट थप ८ लाख खोप आइपुग्ने भन्दै डा. गौतमले ती सबै खोप दोस्रो डोज लगाउन बाँकी रहेकाहरूलाई दिइने बताए।
उनले भुटानबाट आएको खोप आजै काठमाडौं आसपासका जिल्लाहरूमा पठाउन सुरू गरिएको पनि जनाए।
अब जापानबाट थप खोप आएपछि प्रदेश नम्बर १ र प्रदेश नम्बर २ बाहेकका प्रदेशमा साउन २५ गतेदेखि खोप दिन सुरू गरिने गरी तयारी भएको उनले बताए।
‘प्रदेश १ र २ मा अलिकति ढिला हुनसक्छ। तर बाँकी प्रदेशहरूमा भने साउन २५ गतेदेखि खोप दिन सुरू गर्ने गरी तयारी भएको छ,’ डा. गौतमले भने।