फिदिम । लिम्बू जातीको केरुङ थरीहरुको माङ्गेन्ना लुङ्धुङ्यक खिबेलुङ को इतिहासलाई बङ्ग्याएको भन्दै फालेलुङ गाउँपालिकाको लगानीमा निर्माण गरिएको डकुमेन्ट्रि (बृतचित्र) प्रति केरुङ चोत्लुङ सङ्जुम्भोले आपत्ति जनाएको छ ।
मंगलबार फिदिममा पत्रकार सम्मेलन गर्दै सङ्जुम्भोले आपत्ति जनाएको हो ।
डकुमेन्ट्रिमा फालेलुङ ३ मच्छेबुङ्मा रहेको याक्थुङ (लिम्बू) जाति, थेगिमहाङ अन्तरगत केरुङ थारीहरुको माङ्गेन्ना लुङ्धुङ्यक खिबेलुङ (पस्तकेलुङ्) को इतिहासलाई बङ्ग्याएको भन्दै सङ्जुम्भोले आपत्ति जनाएको हो । गलत इतिहासलाई सच्याउन माग गरेको गरेको छ ।
गाउँपालिकाको आर्थिक लगानीमा लोकल सन्देश कम्पनिले निर्माण गरेको डकुमेन्ट्रिमा केरुङ थरीहरुको माङ्गेन्नायकबारे आधारहीन सामाग्री समावेश गरिएको प्रति पनि सङ्जुम्भोले आपत्ति जनाएको छ । गलत इतिहासलाई सच्याउन माग गरेको गरेको छ ।
‘डकुमेन्ट्रि बनाउनुभन्दा अगाडि स्थानीय लोकसंस्कृति, परम्परा, इतिहास र मूल्य-मान्यतलाई गम्भिर अध्ययन गरेर मात्र अगाडि बढ्नुपर्ने हो,’ बिज्ञप्तिमा भनिएको छ ‘मनोगत र एकाङ्गी, जातीय बिद्वेस फैलाउने काम भएको छ ।,’
पत्रकार सम्मेलनमा सङ्जुम्भोका केन्द्रीय सचिव सुरेन शिशिर केरुङले डकुमेन्ट्रिमा समेटिएका तथ्यहित सामाग्रीहरुलाई हटाउन माग गरेका छन् ।
सङ्जुम्भोले सोमबार विस्तृत अध्ययन गर्न मधुराज केरुङको संयोजकत्वमा सात सदस्यीय कार्यदल समेत गठन गरेको छ । थेगिमहाङ अन्तरगतका जबेगु, हाङसरुम्बा, केरुङ र थक्लिहाङमध्ये केरुङहरुको पुर्खा हाङ्नोयेम खिबेलुङमा गई बसेकाले केरुङ थरीहरुले उक्त स्थानलाई आफ्नो माङ्गेन्ना लुङ्धुङयकको रुपमा पुज्ने र पुकार्ने गर्दछन् ।