पाँचथर । जनसेवा समाज पाँचथरले बिभिन्न सामाजिक कार्यहरुमा अहोरात्र खटेर पाँचथरका नागरीकहरुलाई दुख सुखमा साथ दिएको भन्दै फिदिम स्थित हिमशिखर गुल्मलाई सम्मान गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी समाजले गुल्मलाई सम्मान गरेको हो । गुल्मले समाज संगको सहकार्यमा पाँचथर जिल्लाका विपन्न र अप्ठेरोमा परेका नागरिकको गास वासमा टेवा पुर्याउन योगदान पुर्याएको भन्दै गुल्मलाई समाजले सम्मान गरेको हो ।
समाजले गुल्मपति किशोरकुमार श्रेष्ठलाइ कदर पत्रद्वारा सम्मान गरेकाे हाे ।
कार्यक्रममा प्रमूख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमूख विष्णुप्रसाद सापकोटा,प्रमूख जिल्ला अधिकारी पुष्यप्रसाद ढकाल र पाँचथर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सस्थाका सल्लाहकार मित्रप्रसाद काफ्लेले
पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज वास्कोटा र अन्य सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।
सशस्त्र प्रहरीको हिमशिखर गुल्मलाई जनसेवाको सम्मान
सशस्त्र प्रहरीको हिमशिखर गुल्मलाई जनसेवाको सम्मान
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस