काठमाडौँ । २३ बर्षिय एक सैनिक जवाले आफैलाई गोली प्रहार गरेका छन् । सैनिक जवानले आफैलाई गोली प्रहार गरी आत्महत्या गरेका प्रहरीले जनाएको छ। जलेश्वर नगरपालिका- ९ महोत्तरी स्थित रणभिम गण पर्कौली ब्यारेकमा कार्यरत्त सैनिक जवान २३ वर्षीय अमिर तामाङले आफैँलाई गोली प्रहार गरेका हुन्। तामाङले ५.५ मिनि इन्सास हतियारबाट आफ्नै दाँया कन्चटमा गोलि प्रहार गरी आत्महत्या गरेका हुन ।
रामेछाप लिखु गाउँपालिका- ५ घर भएका तामाङ हाल आफ्ना बुवासँगै महोत्तरीमा बस्दै आएका थिए। उनका बुवा सोमबहादुर तामाङ पनि सैनिक जवान नै भएका प्रहरीले जानाएको छ।
अमिरले बुधबार बिहान पौने ६ बजे आफैंलाई गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृतक अमिरका बुवा सोमबबहादुर सोहि गणमा पेरीमिटर पोष्टमा डिउटीमा रहेका बेला तामाङले आफैँलाई गोली हानेका प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोली घटनास्टोलि पुगेको छ। तमाङले आत्महत्या गर्नुको कारण खुलेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।