पाँचथर ।ढाका कपडा भनेपछि तेह्थुम जिल्लाको नाम अग्रणी स्थानमा आउछ । ढाका कपडाले तेह्थुमको पहिचानमात्र गराएको छैन् । धेरैलाई व्यवसायीक समेत बनाएको छ । सदमुकाम म्याग्लुङ, ग्रामिण बजार तथा गाँउहरुमा तानमा ढाका बुनिरहेका देखिन्छ । हातैले बनाएका कपडा अनेकन डिजाईनमा देश विदेश पुगेका छन् ।
यहाँ उत्पादन गरीएका ढाका देश विदेशमा पुगेका छन् । तेह्थुममात्र हैन काठमाण्डौँ, विराटनगर, धरान जस्ता सहरमा पनि तेह्थुमको ढाका कपडा भनेर बोर्ड राखेर विक्रि केन्द्र सञ्चालनमा रहेकाले पनि यहाँको ढाकाको प्रख्यातीको महत्व दर्शाउछ । ठाँउ ठाँउमा ढाका उद्योग सञ्चालनमा रहेका छन् भने घरमा पनि फुर्सदमा काम गर्ने गरी कपडा बुन्ने तान राखिएको छ ।
खाडीका कपडा बुन्ने परम्पराको आधुनिकरण भएको देखिन्छ ।अहिले ढाका विभिन्न ढिजाईनहरु उत्पादन हुन्छन् । यहाँको ढाका ख्याती प्राप्त व्याक्तिहरुले सार्वजनिक समारोहमा प्रयोग गरेको देखिन्छ । तानमा धाको बुनेर कपडा बनाईन्छ । साडी, कुर्ता सुरुवाल, चौबन्दी चोली, दौरासुरुवाल, कोट, झोला टोपी, पर्स लगायतका विभिन्न सामाग्रि बनाईने गरीन्छ । डिजाईन अनुसारका कपडा तयार पर्ने तथा यसलाई सिलाएर विभिन्न सामाग्री बनाउने गरीन्छ । यो व्यवसायले धेरैलाई रोजगारी दिएको देखिन्छ ।
यहाँका घरहरुमा पनि कपडा बनाउनलाई तान राखिएको छ । घरेलु समाग्रि प्रयोग गरेर तान राखिएको छ । हस्तकलाको यि समाग्रि चर्चितमात्र छैनन्, गुणस्तर समेत मानिन्छ । यहाँबाट सिप सिकेर विभिन्न ठाँउमा पुगेकाहरुलेपनि ढाका उत्पादन गर्ने गरेका छन् । ढाका उद्योगलाई थप व्यवसायीक करण गर्न राज्यले थप सहयोग गर्नु पर्ने अपेक्षाव्यवसायीहरुको छ ।
थोरै लगानी गरेर पनि तान जोड्न मिल्ने बताईन्छ । धेरैले तेह्थुममा सिक्ने गरेका छन् । यहाँका उत्पादन काठमाण्डौँमा बढि जाने गर्छ । तेह्थुमका गाँउ गाँउ पुग्दा तान राखिएको देखिन्छ ‘एक घरमा एक तान’ भन्ने अवधारण रहेको उनले सुनाए । रङ्ग नजाने तथा आर्कषक बुट्टा भएकाले यहाँको ढाका विशेष भएको बताईन्छ ।
ढाका कपडाको बहुआयमीक प्रयोग देखिन्छ । ढाका कपडालाई आधुनिकता तिर पनि ढल्काउदै लगिएको पाईन्छ । विभिन्न ठाँउमा हुने फेसन सो, चलचित्र, म्यूजिक भिडियोहरुमा पनि ढाकाको विभिन्न डिजाईनक कपडाहरु प्रयोगमा ल्याएको पाईन्छ । विभिन्न समारोह तथा उत्सवमा ढाकाको कपडामा सजिएर विशिष्ट व्याक्तिहरु पुगेको देखिन्छ । घरेलु उद्योगको रुपममा रहेको ढाका व्यवसायलाई थप व्यवस्थीत सञ्चालन, व्यवासयीकरण, क्षमता विकासका लागि तीनैवटा सरकारले थप भुमिका देखाउनु पर्ने देखिन्छ ।