झापा । झापाको बिर्तामोडमा अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ। बिर्तामोड- ५ मा अवस्थित सुगम पेट्रोलपम्प नजिकैको सडकमा सोमबार बिहान स्थानीय २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको हो। बस्नेतको शव सडकमै अर्धनग्न अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी प्रमुख डिएसपी सन्तोष आचार्यले जानकारी दिए।
अविवाहित बस्नेत स्थानीय एक सहकारी संस्थामा कार्यरत थिइन्। उनी सानोबुवाको घरमा डेरामा बस्दै आएकी स्थानीयले बताएका छन्।
स्थानीयबासीले सडकमा युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको बलात्कारपछि ह**त्या भएको आशंका स्थानीयले गरेका छन्। प्रहरीले भने घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।
‘हाम्रो टोली अहिले घटनास्थलमै छ,’ डिएसपी आचार्यले भने, ‘हामी घटनाको अनुसन्धानमा छौँ। थप विवरण पछि खुल्दै जाला।’