काठमाडौँ ।मगंलबार राति भएको पस्पेनलाई टाईब्रेकरमा पराजित गर्दै इटाली यूरोकपको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ४–२ गोलअन्तरले पराजित गर्दै इटाली चौथो पटक उपाधि नजिक पुगेको हो। स्पेनलाई टाईब्रेकरमा पराजित गर्दै इटाली यूरोकपको फाइनलमा प्रवेश गरेको छ। क्वार्टरफाइनल खेलमा इटालीले बेल्जियमलाई २–१ गोल अन्तरले हराउँदै अन्तिम ४ मा स्थान बनाएको थियो। स्पेनले भने निर्धारित समयमा स्विट्जरल्यान्डलाई १–१ गोलको बराबरीमा रोक्दै पेनाल्टी सुटआउटमा ३–१ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।
इटालीले अब उपाधिका लागि इंग्ल्यान्ड र डेनमार्कबीचको खेलको विजेतासँग फाइनलमा भिड्नेछ। फाइनल खेल १२ जुलाईमा हुनेछ।
जितसँगै ईटालीले सन् २०१२ मा भएको युरोकपको फाइनल स्पेनसँग भोगेको हारको बदला लिदै उपाधि नजिक पुगेको छ। सन् २०१२ मा स्पेनले इटालीलाई ४–० गोल अन्तरले हराउँदै उपाधि उचालेको थियो।
सन् १९६८मा युरोकप उचालेको इटाली दोस्रो पटक युरोकपको उपाधि उचाल्न लालायित छ। १ पटक उपाधि उचालेर २ पटक उपविजेतामै चित्त बुझाउनुपरेको इटाली चौथो पटक फाइनलमा पुगेसँगै दोस्रो पटक उपाधि उचाल्ने योजनामा छ। यसअघि इटाली सन् २००० र २०१२ मा भएको युरोकपमा उपविजेतामा सीमित भएको थियो।
लन्डनस्थित वेम्बली स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टोलीले एक एक को बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो।
खेलमा स्पेनले ७० प्रतिशत बल पोजिशन जमाएपनि इटालीको रक्षापंक्ती तोड्न मुस्किल भयो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दुवै टोलीले गोल गर्न दोस्रो हाफसम्म कुर्नुपर्यो।
खेलको ६० औँ मिनेटमा फेडेरिको चिसाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको सुरुवातबाट नै आक्रामक खेलेको इटाली फिनिसिङमा केही कमजोर देखिएको थियो।
वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका अल्भारो मोराटाले खेलको ८० औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।