काठमाडौं । जारी काेपा अमेरीका कपमा अायाेजक तथा साबिक बिजेता ब्राजिल फाइनल प्रबेश गरेकाे छ । मंगलबार बिहान सम्पन्न सेमिफाइनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको हो।ब्राजिलकाे जितकाे लागि लुकास पाक्केटाले गरेको एकमात्र गोल नै निर्णायक बन्यो। खेलको ३५औं मिनेटमा नेयमारको पासमा लुकासले गोल गरेका हुन्।
मंगलबार बिहान सम्पन्न सेमिफाइनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाइनल प्रवेश गरेको हो।
ब्राजिलका लुकास पकेटाले एकमात्र गोल गरे। खेलको ३५औं मिनटमा नेयमारले दिएको पासलाई सदुपयोग गर्दै पकेटाले गोल गरेका थिए।
खेल अवधिभर ५६ प्रतिशत समय बलमा नियन्त्रण बनाएको ब्राजिलले विपक्षीको पोस्टतर्फ १५ प्रहार गरेको थियो। जसमा एकबाहेकका सारा प्रयास नकाम रहेका थिए। यद्यपी ब्राजिलले खेलभरी दबाब राख्न सफल भयो।
यता पेरुले ब्राजिलको पोस्टतर्फ गरेको सातै प्रयास सार्थक रहेनन्। समूह चरणमा पनि समूह बीमा रहेका यि दुई टिमबीचको खेलमा ब्राजिलले ४-० गोलको जित निकालेको थियो।
आजको हारसँगै पेरु भने कोपा अमेरिकाबाट बाहिरिएको छ। भोलि बुधबार बिहान हुने अर्को सेमिफाइनल खेलमा अर्जेन्टिनाले कोलम्बियाको सामना गर्नेछ।
ब्राजिल उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलको खेल बुधबार बिहान हुँदै छ।