काठमाडौं । सायद नेपालमै पहिलाे पटक किसान पदकाे लागी अाबेदन माग भएकाे छ । बतास एग्रो प्रालिले किसान पदमा रोजगारीका लागि आवेदन माग गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका २ भयर चौरमा २०० रोपनी क्षेत्रफलमा गर्न लागिएको कृषी र पशुपालनका लागि १० परिवार अर्थात (श्रीमान/श्रीमती) का लागि रोजगारी आह्वान गरिएको हो ।
प्रतिपरिवार ३२ हजार रुपैयाँ मासिक तलब तोकिएको रोजगारीका लागि १० परिवार पनि विभिन्न जातीका हुनुपर्ने उल्लेख छ । जसअनुसार गन्धर्व, विश्वकर्मा, दर्जी, सार्की, गुरुङ्ग मगर, ब्राह्मण, क्षत्री र नेवार परिवारका व्यक्तिहरुको आवश्यकता रहेको कम्पनीले जनाएको छ । यसका लागि उमेरको हद ४५ बर्ष तोकिएको छ ।
तलब सुविधाका रुपमा ३२ हजार रुपैयाँका साथमा बिमा, अतिरिक्त उपहार सुविधा र विशेष पनि छन् । जसअनुसार ७ लाख बराबरको दुर्घटना बिमा, ३ लाख बराबरको औषधी उपचार बिमा र ३ लाख ३० हजार बराबरको प्राकृतिक म्यादि जीवन बिमा सुविधा छ ।
अतिरिक्त उपहार सुविधामा घर पालुवा पशुपंक्षीदेखि जग्गा, विद्युतीय सामान, भान्साका सामग्री र सिरक डसनासम्मको सुविधा उपलब्ध गराइनेछ । विशेष सुविधा अन्तरगत मोटरसाइकल किन्न ५० प्रतिशत लगानी गरिदिने र बाँकी न्युनतम ब्याजमा किस्ताबन्दीको सुविधा छ । साझेदारी मान्यता अनुसार पशुपालनबाट प्राप्त हुने आम्दानीमा ६० प्रतिशत किसान परिवार र ४० प्रतिशत बतास एग्रो प्रालिलाई वितरण हुनेछ ।
हे्नुस सुचना