धादिङ । केहि दिनबाट लगातार परिरहेको वर्षाको कारण पृथ्वी राजमार्गमा पहिरोले गुडीरहेको गाडी पहिरोले मा खसेकाे छ । गुडिरेहको गाडीमा पाँच गाडीमा पहिरो खस्दा २ जनाको मृत्यु भएको छ भने ६ यात्रु घाइते भएका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जवाङ मा पहिरोमा गाडी खसेका हुन ।
एक्कासि माथिबाट खसेको ढुंगासहितको पहिरोले लाग्दा ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार चितवनको राप्ती नगरपालिका ६ का अन्दाजी १८ वर्षीय वीरबल प्रजा र ना ७ ख ३२० नम्बरको कन्टेनरमा रहेकी भारतकी ४३ वर्षीया सोनी देवीको मृत्यु भएको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र खड्काले दिएको जानकारी दिए ।