काठमाण्डौ । बाढी महाशाखाका अनुसार आज कोसी, नारायणी र यसका सहायक नदी तथा कन्काई, कमला, बागमती, पूर्वी राप्तीलगायत नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना छ भने केहीमा बाढीको मात्रा सतर्कता तहसम्म पुग्न सक्ने देखिएको छ। यसर्थ यी नदीका तटीय क्षेत्र तथा डुबन भइरहने क्षेत्रमा विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
शुक्रबार बिहान बाढी पूर्वानुमान महाशाखाले आजदेखि ३ दिनसम्म कहाँ कहाँ बाढीको जोखिम देखिएको छ भनेर आकलन सार्वजनिक गरेको छ।आज पनि देशका विभिन्न स्थानमा बाढी तथा पहिरोको खतरा रहेकाले होसियारी अपनाउन मौसमविद्ले आग्रह गरिरहेका छन्।
केही दिनदेखि देशभर निरन्तर वर्षा भइरहेको छ। जसले गर्दा जताततै बाढी, डुबान तथा पहिरोको जोखिम बढेको छ।
आइतबारसम्म कहाँ कहाँ बाढीको जोखिम छ, हेर्नुहोस्, तलको बुलेटिन–