एजेन्सी । जारी युरोपकमासाविक विजेता पोर्चुगलसँगै फ्रान्स, जर्मनी, नेदरल्यान्ड्सजस्ता उपाधि दाबेदार देशभने अन्तिम १६ बाटै बाहिरिएका छन्। जारी प्रतियोगितामा बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेन अन्तिम आठमा पुगेका छन्।क्वाटरफाइनल प्रवेश गर्ने टोलीको टुंगो लागेको छ।
डेनमार्क वेल्सलाई ४-० गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो भने इटली अस्ट्रियालाई २-१ ले हराउँदै अघिल्लो चरणमा पुगेको हो।
त्यसैगरी, चेक रिपब्लिक नेदरल्याण्ड्सलाई हराउँदै क्वाटरफाइनलमा पुग्दा बेल्जियमले साविक विजेता पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गर्यो।
क्रोएसियालाई ५-३ गोलअन्तरले हराउँदै स्पेन अन्तिम ८ मा प्रवेश गरेको हो भने विश्वकप विजेता फ्रान्सलाई स्तब्ध बनाउँदै स्वीजरल्याण्डले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो।
उपाधिको बलियो दाबेदार मानिएको जर्मनीलाई २-० गोलअन्तरले पराजित गर्दै अन्तिम १६मा पुग्दा युक्रेन पनि स्वीडेनलाई २-१ ले हराउँदै क्वाटरफाइनलमा पुगेको हो।
क्वाटरफाइनलका खेलहरु आगामी शुक्रबारदेखि सुरु हुनेछ।
कुुन टिमको खेल कहिले?
स्पेन भर्सेस स्वीजरल्याण्ड ः शुक्रवार बेलुकी ९ः४५ बजे
इटली भर्सेस बेल्जियम ः शुक्रबार राति १२ः४५ बजे
चेक रिपब्लिक भर्सेस डेनमार्क ः शनिवार बेलुकी ९ः४५ बजे
युक्रेन भर्सेस इंग्ल्याण्ड ः शनिबार राति १२ः४५ बजे