एजेन्सी । काेपा अमेरीकाकाे क्वार्टरफाइनको पहिलो खेलमा पेरुले पाराग्वेसँग भेट गर्नेछ। पेरुले समूह बी मा ७ अंक बनाउँदै दोस्रो स्थान कायम गरेको थियो। उसले दुई जित निकालेको थियो भने एक हारसँगै एक बराबरी खेलेको थियो।
यता समूह ए को पाराग्वेले ६ अंकसहित तेस्रो स्थान हासिल गरेको थियो। ए को यो खेल ब्राजिलको स्टेडियो ओलम्पिको पेड्रो लुडोविको रंगशालामा हुनेछ।
ब्राजिलको ओलम्पिक रंगशालामा शनिबार बिहानै हुने अर्को खेलमा आयोजक ब्राजिलले चिलीको सामना गर्नेछ। यी दुई टिम पछिल्ला दुई सिजनको कोपा अमेरिकाका विजेता हुन्।
चिलीले २०१६ को संस्करणमा अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको थियो भने ब्राजिलले २०१९ को संस्करणमा पेरुलाई नै हराउँदै उपाधि जितेको थियो। तर, जारी कोपामा चिली समूह ए को चौथो स्थानमा थियो भने ब्राजिल समूह बी को विजेता हो।
क्वार्टरफाइनलको तेस्रो खेल आइतबार बिहान माने गर्रिन्चा रंगशालामा हुनेछ। सो खेलमा समूह ए को दोस्रो स्थानबाट क्वार्टरफाइनल पुगेको उरुग्वेले समूह बी को तेस्रो स्थानमा रहँदै अन्तिम ८ मा पुगेको कोलम्बियाको सामना गर्नेछ।
उरुग्वेले समूहमा दुई जित, एक बराबरी र एक हार बेहोरेको थियो। यता कोलम्बियाले समूहमा एक जित, एक बराबरी र दुई हार बेहोरेको थियो।
त्यस्तै क्वार्टरफाइनलको अन्तिम खेल आइतबार बिहान हनेछ। त्यो खेलमा अर्जेन्टिनाले स्टेडियो ओलम्पिको पेड्रो लुडोविको रंगशालामा इक्वेडरको सामना गर्नेछ। अर्जेन्टिना समूह ए को विजेता हो भने इक्वेडर समूह बी को चौथो स्थानमा रहँदै क्वार्टरफाइनल पुगेको हो।
जारी कोपामा अहिलेसम्म ब्राजिल र अर्जेन्टिना मात्र अपराजित छन्। उनीहरू दुवैले समान तीन जित र एक बराबरी खेलेर १० अंक बनाएका छन्।
खेल तालिका:
– पेरु र पाराग्वे, स्टेडियो ओलम्पिको पेड्रो लुडोविको रंगशाला, (शनिबार बिहान पौने ३ बजे)
– ब्राजिल र चिली, ओलम्पिक रंगशाला (शनिबार बिहान पौने ६ बजे)
– उरुग्वे र कोलम्बिया, गर्रिन्चा रंगशाला (आइतबार विहान पौने ४ बजे)
– अर्जेन्टिना र इक्वेडर, स्टेडियो ओलम्पिको पेड्रो लुडोविको रंगशालामा (आइतबार बिहान पौने ७ बजे)