फिदिम । लगातार भइरहेको निशेधाज्ञाले पनि कोरोना संक्रमणको चेन ब्रेक गर्न सकेको छैन् । पाँचथरमा बुधबार कम परिक्षण भएकाे छ । बुधबार मात्र २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पाँचथरका बिभन्न स्थानमा गरिएको २५ जनाको एन्टिजेन परिक्षणमा यत्तिको संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार १ सय ७९ पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये १ हजार सात सय ६१ जना निको भएका छन ।
२६ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै १७ जना एचडयिुमा उपचारत रेहको र होम आइसुलेसनमा ३६५ जना बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ । मंगलबार ८२ जनाकाे पिसिअार बिधिबाट परिक्षणकाे लागी स्वाव लिइएकाे छ । यसकाे नतिजा अाउन केहि दिन लाग्ने छ । काेराेना संक्रमणकाे कारण पाँचथरमा हाल सम्म १० जनाकाे ज्यान गएकाे जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।
बुधबार पाँचथरमा परिक्षण घट्दा, २ जनामा काेराेना संक्रमण पुष्टी
बुधबार पाँचथरमा परिक्षण घट्दा, २ जनामा काेराेना संक्रमण पुष्टी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस