काठमाण्डौं । मौसम पूर्वानुमान महाशाखाका अनुुसार कम्तीमा आगामी तीन दिनसम्म देशभर पानी पर्ने तथा यस क्रममा कतिपय स्थानमा निकै ठूलो वर्ष हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
कम्तीमा आगामी ३ दिनसम्म मनसुन सक्रिय हुने र यस क्रममा कतिपय स्थानमा निकै ठूलो (अति भारी) वर्षासम्म हुने सम्भावना देखिएकाले सबैले सतर्कता अपनाउन आवश्यक छ ।
यस विषयमा जल तथा मौसम विज्ञान विभागले हिजै (मंगलबार) बिहान विशेष मनसुन बुलेटिन-३ जारी गरेर चेतावनी दिइसकेको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसार हिजो मंगलबार रातिदेखि नै देशका विभिन्न प्रदेशमा भारी (ठूलो) वर्षा भइरहेको छ । अहिले बिहान पनि काठमाडौं उपत्यकासहित देशका धरै स्थानमा पानी परिरहेको छ भने प्रदेश १ तिर ठूलो वर्षा भइरहेको छ ।
आज बुधबार बिहान ६ बजे मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ ।
जसमा भनिएको छ ः प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन/यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।
महाशाखाका अनुसार आगामी ३ दिन वर्षाको सम्भावना यस्तो छ ः
राति ः प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
असार १६ गते बुधबार (आज)
दिउँसो ः प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
असार १७ गते बिहीबार
दिउँसो ः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ ।
राति ः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ ।
असार १८ गते शुक्रबार
दिउँसो ः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ ।
राति ः प्रदेश १, बागमती, गण्डकी र कणर्ाली प्रदेशका धेरै स्थानमा साथै प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी र कणर्ाली प्रदेशका केही स्थानमा भारी, धेरै भारी वर्षाको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले हेरक दिन सामान्यतया ३ दिनसम्मको मौसम अनुमान सार्वजनिक गर्ने गर्छ ।