काठमाण्डौ । देशमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा नागरीकहरुमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देश भरमा १४ हजार ३५१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् भने थप २७ जनाले कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । हालसम्म ८९४५ जनाले ज्यान गुमाइसकेका छन् ।नेपालमा कुल सक्रिय संक्रमितको संख्या ४५ हजार ७९४ रहेको छ ।
पाँचथरमा शुक्रबार ५५ जनामा कोरोना संक्रमण पुष्टि
पाँचथर ५५ जनामा कोरोना संक्रमण पुष्टिमा कोरोना संक्रमितहरु संख्या दुई हजार नाघेको छ । पाँचथरमा शुक्रबार ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचथरका बिभन्न स्थानमा गरिएको ६४ जनाको एन्टिजेन परिक्षण र २६ जनाको पिसिआर बिधि गरिएको पिरक्षणमा यत्तिको संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै जिल्लामा कुल संक्रमितको संख्या २ हजार ४५ जना पुगेको छ । जिल्लामा संक्रमण पुष्टि भएमध्ये १ हजार पाँच सय ३० जना निको भएका छन ।
२६ जनालाइ थप उपचारका लागि अन्यत्र रेफर गर्नुका साथै ६ जना एचडयिुमा उपचारत रेहको र होम आइसुलेसनमा ४७४ जना बसेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।