पाँचथर । कोरोना संक्रमणको कारण फिदिम २ कि ६३ बर्षीय एक महिलाको शुक्रबार बिहान घाेपा क्याप धरानमा निधन भएको छ । उनकाे पेटमा समस्या देखिएर उपचार गर्न धरान लगिएको थियो । घोपा क्याप धरानमा पिसिआर बिधिबाट परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो ।उपचारको क्रममा आज बिहान ५ बजे उनको निधन भएको बताइएको छ । मृतकको शव शववाहन मार्फत पाँचथर ल्याउदै गरेको उनको पारिवारीक स्रोतले बताएको छ ।