एजेन्सी । युरोकपमा गए राती अघिल्लो सिजन फाइनलन खेलेका फ्रान्स र पोर्चुगलले बराबरी खेलेका छन् । फ्रान्ससँग बराबरीमा रोकिएपनि पोर्चुगल यूरोकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।
गए राती क्रिस्टियानो रोनाल्डोले सर्वाधीक गोल कर्ताकोमा बराबरी समेत गरेका छन् ।
फ्रान्स संग बराबरीमा रोकेसँगै पोर्चुगल उत्कृष्ट तेस्रो टोली बन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।
दुई गोल गर्दै क्रिस्टियानो रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय गोलसंख्या (१०९) को कीर्तिमान बराबरी गरेको खेलमा पोर्चुगलले फ्रान्सलाई २-२ गोलअन्तरको बराबरीमा रोकेको हो ।
रोनाल्डोले पेनाल्टीमार्फत दुई गोल गर्दै आफ्नो गोलसंख्या १०९ पुर्याएका हुन् । यसअघि इरानका अलि दाईको नाममा १०९ गोलसंख्याको विश्व कीर्तिमान थियो ।
फ्रान्सका लागि करिम बेन्जेमाले दुवै गोल गरेका थिए । यस समूहबाट फ्रान्स समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो ।
यूरोकपको अन्तिम १६ मा इंल्याण्ड र जर्मनी भिड्ने
गए रातिनै भएको अर्को खेलमा हंगेरी र जर्मनी पनि बराबरीमा रोकीएका छन् ।
यूरोकपको अन्तिम १६ मा इंल्याण्ड र जर्मनी भिड्ने भएका छन् ।
बुधबार राति हंगेरीलाई समूह चरणको अन्तिम खेलमा २-२ को बराबरीमा रोक्दै जर्मनीले नकआउट चरणमा इंग्ल्याण्डको भेट पक्का गरेको हो ।
दुई पटक पुनरामगन गोल गर्दै जर्मनी अघिल्लो चरणमा प्रवेश गर्दा हंगेरी भने बाहिरिएको छ ।
हंगेरीका अदान स्जिली र आन्द्रेस स्काफरले एक एक गोल गर्दा जर्मनीका काई हाभार्जट र लियोन गोरिट्स्काले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
जितसँगै जर्मनीले समूह एफको उपविजेताका रुपमा अन्तिम १६ मा स्थान पक्का गर्यो । यस समूहबाट फ्रान्स विजेता र पोर्चुगल उत्कृष्ट तेस्रो टोली हुँदै अन्तिम १६ मा पुगेका हुन् ।