काठमाण्डाै । अाज युराे कप मा अधिल्लाे सिजन फाइनल खेलका फ्रान्स र पोर्चुगल अामने सामने हुदै छन् । अन्तिम १६ मा स्थान बनाइसकेको फ्रान्सले आज पोर्चुगलसँग खेल्दै छ। पोर्चुगललाई पराजित गर्दै फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न चाहन्छ। खेल नेपाली समय राति १२:४५ बजे हुनेछ ।
यता १ खेलमा जित र एक खेल गुमाएको पोर्चुगल आज फ्रान्सलाई हराउँदै समूह विजेताको रुपमा अघि बढ्न चाहन्छ। बराबरीले पनि पोर्चुगलको अघिल्लो चरण जाने सम्भावना जीवित छ।
हालसम्मको २७ भेटमा पोर्चुगल १९ खेलमा पराजित भएको छ। २ खेल बराबरी हुँदा ६ खेलमा जित निकालेको छ।
यी टोली युरोकपमा चौथो पटक भेट्नलागेका हुन्।
यसअघिको ३ भेटमा दुई खेलमा पोर्चुगल पराजित भएको छ भने एक खेल आफ्नो पक्षमा पारेको छ।
यसअघि सन् २०१६ मा भएको युरोकपमा पोर्चुगलले फ्रान्सलाई १–० ले हराएको थियो।
जर्मनीविरुद्ध हंगेरी
समूह चरणको अन्तिम खेलमा जर्मनीले चिरप्रतिद्वन्द्वी हंगेरीसँग खेल्दै छ।
अंकतालिकाको दोस्रो स्थानमा रहेको जर्मनीले पुछारमा रहेको हंगेरीलाई पराजित गर्दै समूह विजेताको रुपमा अघिल्लो चरण पुग्न चाहन्छ। नेपाली समय राति १२:४५ बजे हुनेछ ।
आजको खेलमा हार वा बराबरीले मात्रै पनि जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना कठिन बन्नसक्छ।
यता हंगेरी पनि बलियो टोली जर्मनीलाई हराउँदै अन्तिम १६ मा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।
जर्मनी र हंगेरी चिरप्रतिद्वन्द्वी टोली हुन्। जर्मनीले हंगेरीलाई अहिलेसम्म १३ पटक हराएको छ। बाँकी १० खेलमा बराबरी गर्दा १० खेलमा हंगेरी विजयी भएको छ।
युरोकप फुटबलमा भने यी टोली पहिलोपटक भेट्नलागेका हुन्। यसअघि सन् २०१६ मा भएको मैत्रीपूर्ण खेलमा जर्मनी विजयी भएको थियो।