पाँचथर । कोरोना संक्रमणको कारण फिदिम १ मा व्यवसाय गर्दै आएका ५९ बर्षीय एक पुरुषको बुधबार बिहान निधन भएको छ । उनमा केहि दिन अगाडी कोरोना संक्रमण पुष्टी भएको थियो । उनकाे स्वास्थयमा थप समस्या देखिए पछि उपचारकोलागी झापा रेफर गरिएको थियो । उनकाे झापाको बिर्तासीटी अस्पतालमा उपचारका क्रममा निधन भएकाे बताइएकाे छ ।
कोरोना संक्रमण देखिएपछि उनलाई जेठ २७ गते पाँचथर अस्पतालको अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा जटिलता थपिएपछि उनलाई जेठ २८ गते थप उपचारका लागि रेफर गरिएको थियो ।
कोरोना संक्रमणका कारण पाँचथरका एक पुरुषको मुत्यु
कोरोना संक्रमणका कारण पाँचथरका एक पुरुषको मुत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस