पाँचथर– संविधान रक्षा, प्रतिनिधि सभा पुनः स्थापनाको तथा वर्तमान सरकारको खबरदारीका गर्ने भन्दै नेकपा–(एमाले) पाँचथरले सदरमुकाम फिदिममा मोटरसाइकल र्यालीको आयोजना गरेको छ ।
शनिवारेमा भेला भएर र्यालीले बजार परिक्रम गरेको थियो । विभिन्न गाउँबाट नेता कार्यकर्ता र्यालीमा सहभागी हुन सदरमुकाम फिदिम आएका थिए
जिल्ला समन्वय समितिको खुल्ला मञ्चमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य अईन्द्रसुन्दर नेम्बाङले प्रतिगमनबाट संविधानको बाटोमा फर्किन प्रतिनिधि सभा पुनः स्थापना हुनु पर्ने बताएका थिए ।
कोण सभालाई केन्द्रीय सदस्य आशारत्न जबेगू, कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी र जिल्ला अध्यक्ष विष्नु प्रसाद सापकोटाले सम्बोधन गरेका थिए ।
हेर्नुस् तस्बिरमा :





