पाँचथर । कोरोना संक्रमणको कारण पाँचथरकी एक सुत्केरी महिलाको ज्यान गएको छ । पाँचथरको कुम्मायक गाँउपालीका ५ की २५ वर्षीया महिलाको झापाको बिर्तासीटी अस्पातालमा निधन भएको हो । उनी १० दिनकी सुत्केरी महिला हुन् ।
असार ४ गते एन्टिजेन्ट परीक्षण गर्दा ती महिलालाई कोरोना संक्रमण देखिएको थियो । अक्सिजनको मात्रा कम भएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर ल्याइएको थियो । थप उपचार गर्न पर्ने भए पछि उन लाई बिर्तामोडको विर्तासिटी अस्पतालमा रेफर गरिएको थियो ।
विर्तासीटी अस्पतालमा उपचाररत उनको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ । महिलाको श्रीमान र नानीमा पनि कोरोना संक्रमण देखिएको छ । श्रीमान र बच्चाको स्वास्थ्य स्थिति सामान्य रहेको बताइएको छ ।
कोरोना संक्रमणको कारण एक सुत्केरी महिलाको मुत्यु
कोरोना संक्रमणको कारण एक सुत्केरी महिलाको मुत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस