पाँचथर । फिदिम नगरपालिका–१२, नागिनमा असोज २० गते दिउँसो एक सुत्केरी महिला उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ। बुदुक निवासी सौगात थाम्सुहाङकी २४ वर्षीया श्रीमती लिम्सा लिम्बुलाई सुत्केरी हुने समय नजिकिँदै गर्दा स्वास्थ्यमा समस्या देखिएपछि तत्कालै हेलिकप्टरमार्फत उपचारका लागि झापा पठाइएको हो।
२१ वाहिनी अड्डा झापाबाट हेलिकप्टर नागिन इंग्लिस बोर्डिङ स्कुलको खेल मैदानमा दिउँसो १२:१५ बजे ल्याण्ड गरिएको थियो। बिरामीलाई हेलिकप्टरमा राखी १२:१७ बजे झापास्थित BNC अस्पतालतर्फ उडान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए ।
उद्धार कार्यलाई सुरक्षित बनाउन प्रहरी हवलदार फिरोज चौधरीको कमाण्डमा नागिन प्रहरी चौकीबाट प्रहरी टोली परिचालन गरिएको थियो। हेलिकप्टरमार्फत गरिएको यो उद्धार कार्यले दुर्गम क्षेत्रका नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयासलाई सशक्त बनाएको स्थानीयवासीहरूले बताएका छन्।
स्वास्थ्य जटिलता देखिएपछि समयमै गरिएको उद्धारले महिला तथा नवजात शिशुको जीवनरक्षा हुने विश्वास गरिएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्वास्थ्य संस्थाबीचको समन्वयले यस्तो कार्य सफल भएको जनाइएको छ।
फिदिममा हेलिकप्टरमार्फत सुत्केरी महिला उद्धार, झापाको BNC अस्पतालमा लगियो
फिदिममा हेलिकप्टरमार्फत सुत्केरी महिला उद्धार, झापाको BNC अस्पतालमा लगियो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस