पाँचथर । पाँचथरको फिदिम नगरपालिका–११ भिरपानीस्थित गोरेटो बाटोमा लडेर एक पुरुषको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ फलाटे बस्ने ३९ वर्षीय भुवानी आङ्बो रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङले जानकारी दिए।
शनिबार बिहान करिब ६:३० बजे घरबाट गाउँ जाँदै गर्दा उनी अचानक गोरेटो बाटोबाट लडेर करिब ३० मिटर तल झरेका थिए। घटनास्थलमा पुगेको प्रहरी टोलीले मृतकको मुचुल्का उठाएको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको छ।
प्रहरीका घटनाकाे विषयमा थप अनुसन्धान जारी रहेको छ।