पाँचथर ।पाँचथरको कुम्मायक ३ कातिकेमा गाडी दुर्घटनामा परेको छ । प्रत्यक्षदर्शीका अनुसार, कार्तिके नजिक आज बिहान एक गाडी खसेको छ ।
धरानबाट आउदै गरेको बलेरो जीप तमोर नदीमा छेउमा खसेको छ ।
कोसी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीले दिएको जानकारीअनुसार धरानबाट पाँचथर जाँदै गरेको जीप तमोर नदीमा छेउ पाँचथरको कुम्मायक ३ कात्तिकेमा हो ।
जीप करिब पाँच सय मिटर तल खसेको उनले जानकारी दिए।
“अहिले प्रहरीको टोली त्यहाँ पुग्दैछ,” उनले भने ।
प्रत्यक्षदर्शी सागर ढकालले पनि गाडी खसेको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत् उद्धारका लागि अनुरोध गरेका छन् । उनका अनुसार कार्तिके नजिकै गाडी खसेको हो ।
स्थानीयहरू र घटनास्थलमा उपस्थित व्यक्तिहरूले उद्धारका लागि छिटो हेलिकप्टर, एम्बुलेन्स वा अन्य सवारी साधन पठाउन आग्रह गरेका छन् ।दुर्घटना स्थल नदी नजिक भएकाले जोखिम उच्च रहेको प्रत्यक्षदर्शी सागर ढकालले केन्खजोबरलाई बताए ।‘हामी यहीँ छौँ । भर्खर त्यो घटनास्थलमै उद्धारको लागि पुग्ने प्रयास गरिरहेका छौँ । सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडिहरू छिटो भन्दा छिटो पठाइदिनुस न है,’ ढकालले भने ।
प्रत्यक्षदर्शीका अनुसार, दुर्घटनामा ठूलो संखयामा मानवीय क्षति भएको हुनसक्ने आकलन गरिएको छ ।जिल्ला प्रहरी कार्यालय पाँचथरले पनि दुर्घटना लगत्तै अहिले टोली परिचालन भएको जानकारी दिएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।