पाँचथर– विभिन्न कारागारबाट भागेका चार जना पाँचथरमा पक्राउ परेका छन् । केही दिन अगाडी भएको ‘जेन जी आन्दोलन’ का बेला सुनसरीको झुम्का कारागारबाट भागेका तीन जना र ललितपुरको नख्खु कारागारबाट भागेका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ ।
झुम्का कारागारबाट भागेका कुम्मायक–१ का कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका घनेन्द्र तामाङ, नख्खुबाट भागेका फिदिम–१ का कर्तव्य ज्यान मुद्धाका बिनय नेम्बाङ, झुम्काबाट भागेका तुम्बेवा–५ का जवरजस्ति मुद्धाका गोपाल बोहोरा र झुम्काबाटै भागेका फिदिम–५ का लागु औषध मुद्धाका मंगलसिंह तुम्बापोलाई पक्राउ गरिएको हो ।
उनीहरुलाई हाल जिल्ला कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालय पाँचथरमा प्रमुख डिएसपि कौशल बुढाथोकिले जानकारी दिए ।