फिदिम । पाँचथरमा एक साता फेरी निषेधाज्ञा थप हुने भएको छ । यस अघि जारी गरिको निषेधाज्ञाको समय आज राति १२ बजेबाट सकिदै छ । अब थपिने निषेधाज्ञा खुकुल्लो हुने भएको छ । निषेधाज्ञा असार ७ गते मध्यरात बाट असार १४ गते मध्यरात सम्म रहने छ ।
होटलहरुले सामुहिकरुपमा भेला हुने गरी सेवा प्रदान गर्न भने नपाउने निणर्य भएको छ । पार्टी प्यालेस , स्वीमिङ्ग पुल , सपिङ्गमल , मनोरञ्जनस्थल , पार्क , सैलुन , ब्युटीपार्लर , जिम खाना र समूहमा खेलिने खेलकुदहरु , पुस्तकालय , संग्रालय आदि बाहेकका अन्य सबै पसल तथा व्यवसायहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि खोल्न पाइने भएको छ । यि पसलहरु हरेक दिन बिहान ५ः०० बजे बाट दिनको १०ः०० बजे सम्म खोल्न पाइने निणर्य भएको हो ।
कृषि तथा वनजन्य वस्तुहरूको ढुवानी समेत खुल्ला भएको छ । उक्त वस्तुहरु संग सम्बन्धित उद्योगहरु समेत स्वास्थ्य मापदण्ड पूणर् रुपमा पालना सञ्चालन गर्न पर्ने छ । सार्वजर्निक यातायात पुर्णरुपमा बन्द रहनेछ ।
कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सोमबार प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकालको अध्यक्षतामा बसेको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी एक साता निषेधाज्ञा थप गर्ने निणर्य गरेको हो ।
पाँचथरमा निशेधाज्ञा खुकुल्लो पार्दै एक साता थपीयो
पाँचथरमा निशेधाज्ञा खुकुल्लो पार्दै एक साता थपीयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस